विद्यालयको परिचय

१. विद्यालयको परिचय
शिक्षा मानव जिवनमा निरन्तर चलिरहने प्रकृया हो । मानिसले शिक्षा औपचारिक, अनौपचारिक र अनियमित गरी तिन तरिकाबाट लिईरहेको हुन्छ । शिक्षा बिना मानिस लङ्गढो हुन्छ । त्यसकारण देशको चौतर्फिक विकास गर्न तत्कालिन श्री ५ सरकारले औपचारिक र अनौपचारिक शिक्षाको माध्यामबाट मानवको विकास गरेको छ । औपचारिक शिक्षालाई गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि विद्यालयहरुमा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
विद्यालयको व्यवस्थापनिय कुशलतामा अभिवुद्धि गरी उपलब्ध स्रोत साधनको सर्वोतम परिचालन गरेर उच्चतम प्रतिफल सुनिश्चित गर्नुपर्ने आजको सवैभन्दा ठुलो आवश्यकताको विषय हो । यसका निमित्त विद्यालय आफै प्रत्यनसिल हुनुपर्दछ । विद्यालयले आफुलाई आफै सुधार योजना नगरेसम्म केन्द्रिय तहबाट गरिएको सुधारक प्रत्यनले राम्रो प्रतिफल दिन सक्दैन । त्यसकारण विद्यालय सुधारका लागि विद्यालय आफै प्रत्यनशिल हुनु पर्दछ ।

१.१ ऐतिहासिक पृष्ठभुमि
विद्यालयको इतिहाँसलाई हेर्दा यस विद्यालयको स्थापना वि.स. २०१६ साल जेष्ट २ गते भएको हो । यस विद्यालयको नाम मेहेल्तोली गाउँमा रहेको भगवती माईको नामबाट राखिएको देखिन्छ । यो विद्यालय सुरुमा मेहेल्तोली गाउँ पञ्चायत वडा नं. २ हितादाल्का तुर्सुमा स्थापना भएको देखिन्छ । त्यसपछि उक्त विद्यालय केहि समय झाडगाउँ, केहि समय घुम्ने र केहि समय मेहेल्तोली गाउँमा संञ्चालन भएको थियो । यस विद्यालयका स्थापना कालका शिक्षक सुर्खेत जिल्लाका टिकाभक्त गिरी थिए । विद्यालयको अनुमति ल्याउने मख्य देन शिक्षक श्री टिकाभक्त गिरी, दैलेख नयाँ गाउँका कृष्णबहादुर बुढा र विद्यालय संञ्चालन तथा व्यवस्थापन समितिका सेक्रेटरी मुखिया श्री पदम बहादुर खत्री, कोषाध्यक्ष मुखिया श्री मोतिलाल जैसी, सदस्य हवल्दार श्री धर्मलाल खत्री, सदस्य श्री नैनानन्द खत्री, सदस्य श्री खड्कबहादुर सिंह ठकुरी, सदस्य श्री वीरबहादुर खत्री, सदस्य श्री गोरा शाही, सदस्य श्री भिमबहादुर सिंह ठकुरी, सदस्य श्री विरु सिंह ठकुरी रहेका थिए ।
त्यसपछि यस विद्यालयमा प्र.अ. नियुक्ति पाएका श्री जंगबहादुर वि.सी र मुखिया श्री पदमबहादुर खत्रीको सक्रियतामा मेहेल्तोली गाउँ पञ्चायत वडा नं. १ रुमी गाउँमा उक्त विद्यालय संञ्चालन गरिएको थियो । वि. स. २०३२ सालमा उक्त विद्यालय मेहेल्तोली गाउँ पञ्चायत बडा नं. २ तुर्सुमा प्र. अ. श्री जंगबहादुर वि.सी, प्रधानपञ्च श्री जयप्रसाद अधिकारी, मुखिया श्री पदमबहादुर खत्री, हवल्दार श्री धर्मलाल खत्री र जम्दार श्री मोतिलाल अधिकारीले स्थापन गरेका थिए । तत्कालिन मेहेल्तोली गाउँ पञ्चायत २ गा.वि.स.मा विभाजन भएको हो । यस विद्यालयलाई जगनाथ २ तुर्सुमा सारिएपछि आवश्यक जग्गा जगनाथ ३ निवासि श्री कविराम अधिकारीले निः शुल्क प्रधान गर्नुभएको थियो । वि.स. २०६३ सालमा मा.वि. संञ्चालन गर्नका लागि साविक जगनाथ र मेहेल्तोली गा.वि.स. को विचकेन्द्रमा पर्ने जगनाथ ३ घुम्ने खेत ७१० वर्गमिटर वि.व्य.स.अध्यक्ष श्री गजेन्द्रबहादुर खत्रीले निःशुल्क उपलब्ध गराई २०६३ सालमा नि.मा.वि. र वि.स. २०६७ सालमा मा.वि. संचालन भएको छ । हाल यो विद्यालय कक्षा १ देखि कक्षा ३ सम्मा भगवतीमाई गाउँपालिका वडा नं. ४ तुर्सुमा र कक्षा ४ देखि १० सम्मा भगवतीमाई गाउँपालिका वडा नं. ४ घुम्ने तुर्सुमा सञ्चालन भईरहेको छ ।
यस विद्यालयमा प्र.अ. हुनेहरु क्रमशः श्री अमर गिरि, श्री टिकाभक्त गिरी, श्री कृष्णबहादुर बुढा, श्री गंगा सिंह ठकुरी, श्री बालकृष्णा के सी, श्री नरबहादुर के सी, श्री बल बहादुर थापा, श्री नरबहादुर के सी, श्री जङ्गबहादुर वि.सी.,   श्री नेमबहादुर खत्री र हाल श्री भद्रबहादु के सी नियुक्ति भएको देखिन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा क्रमशः मुखिया श्री पदमबहादुर खत्री, श्री बिन्दुलाल रेग्मी, श्री मोतिलाल जैसी, श्री जयप्रसाद अधिकारी, श्री महारुप सिंह ठकुरी, श्री सेरबहादुर बुढा, श्री गणेशबहादुर खत्री, श्री अमरबहादुर सिंह,  श्री नारायण प्रसाद अधिकारी, श्री गजेन्द्रबहादुर खत्री, पृथ्वीबहादुर सिंह ठकुरी र हाल श्री पृर्थीबहादुर खत्री निर्वाचित भएको देखिन्छ ।

१.२. विद्यालयको सामाजिक, साँस्कृतिक वातावरण
यस श्री भगवती माध्यामिक विद्यालय तुर्सुको सेवा क्षेत्रभित्र ब्राह्मण, क्षेत्री, ठकुरी, कामी र दमाई जातीहरु बसोबास गरेका छन् । विभिन्न जातजाती भए पनि रहनसहन, बोलीचाली, भेषभुषा र संस्कृति एकै किसिमको रहेको छ । भाषा नेपाली बोल्दछन् भने धर्म हिन्दू मान्दछन् । मुख्य चाडपर्वमा दशै र तिहार मान्दछन् । अन्य पर्वका रुपमा मक्कर संक्रान्ति, फागु पूर्णिमा, चैत्य दशै, जनै पूर्णिमा, नाग पञ्चमी, श्री पञ्चमी, अषाडे संक्रान्ति, घाँसे संक्रान्ति, ध्यू खाने संक्रान्ति, तिज र श्रीकृष्ण जन्मअस्टमी मान्दछन् । देवि देवताहरुमा मेहेल्तोलीमा रहेको भगवती माई, जगनाथ देवता, मष्टा देवता, माबई देवता, बन्डाल्नी देवता, ढाडगाउँ देवता, विन्दाबासिनी देवता आदि मान्दछन् । भेषभुषामा पुरुष कोट, पईन्ट, टोपी, स्टकोट, दौरासुरुवाल र पटुका लगाउँछन् भने महिलाहरु गुन्यू, चोली, रुमाल, कुर्तासुरुवाल र म्याक्सी आदि लगाउँछन् । यहाँको नाचगानामा देउडा, रत्यौली, लहरे पैँचेरी, झ्याउरे, गर्रा नाच, ढाँचा नाच, मारुनी नाच, लोक दोहोरी, ठाडिभाकामा गीत आदि नाचगाना गरि रमाईलो गर्दछन् ।
समाजमा जातिय भेदभाव नगरी सामाजिक कार्यमा सहयोग गर्दछन् । काम गर्दा परिमा, नगद, ज्याला र निःशुल्क सहयोग गर्दछन्. । समाजको शुभ तथा अशुभ कार्यमा निः शुल्क सहयोग गर्दछन् ।

१.३. विद्यालयको भौगोलीक वातावरण
यस विद्यालयको सेवा क्षेत्र भित्रको भौगोलीक अवस्था निकै कमजोर देखिन्छ । पुर्वमा गारखेत खोला पश्चिममा धारा खोला उत्तरमा गात्तीन घट्टेतडा सामुदायिक बन पर्दछ । यहाँकोे हावापानी मध्यम खालको रहेको छ । यस विद्यालयको उचाई समुन्द्री सतहदेखि करिव १२०० मिटरमा रहेको अनुमान गरिएको छ । दैलेख सदरमुकाम देखि ११ कोष पुर्वमा जाजरकोट जिल्लासँग सिमाना जोडिएको छ । भौगोलिक विकटका कारण मध्य पहाडि लोकमार्ग देखि करिव १० किलोमिटर टाढा रहेको छ । यदि भगवतीमाई ३ ध्यापको करिव ३०० मिटर भिड खन्न समिएको खण्डमा लोकमार्गदेखि करिव ३ किलोमिटरमा विद्यालयसम्म पुग्न समिने देखिन्छ । यहाँ वर्षातमा ठुल ठुला खोला हुने भएकोले पुर्वमा झुलुङगे पुल छ भने पश्चिममा काठको लाप्को रहेको छ । यसले गर्दा साना विद्यार्थीलाई विद्यालय सम्म पुग्न समस्या हुने देखिन्छ ।

१.४. विद्यालयको आर्थिक परिवेश
समुदायको अवस्थालाई हेर्दा यहाँ बसोवास गर्ने सबै जात जातिहरुको आर्थिक अवस्था कमजोर छ । यहाँको मुख्य पेशा कृर्षि नै हो । उत्पादन गरिएका बस्तुहरुले ६ महिना पनि खाना पुग्दैन । विद्यालयको आर्थिक अवस्था पनि कमजोर रहेको छ । किनभने समुदायको आर्थिक अवस्था कमजोर भएकाले विद्यालयलाई समुदायबाट केहि आर्थिक सहयोग नहुने, सिद्यार्थीबाट शुल्क उठाउन नपाउने र अन्य आर्थिक सहयोग गर्ने संघ संस्थाहरु पनि नभएकाले आर्थिक अवस्था कमजोर हुन गएको हो ।
महिलाहरु भन्दा पुरुष बढि साक्षर छन् । हाल विद्यालयको भर्नादर हेर्दा पुरुष भन्दा महिला बढि छन् । यहाँ २५ प्रतिशत मानिसहरु निरक्षर छन् । यहाँका जनसमुदायको आयस्तर साह्रै न्यून हुनको कारण वेरोजगारी र पुरानै कृर्षि प्रणाली हो । विकट ठाउँ भएकाले खेतीपाती पनि कम उत्पादन हुन्छ । यहाँको व्यापारिक केन्द्र बेस्तडा हो । यहाँ विद्यालय, स्थानिय हुलाक, उप–स्वास्थ्य चौकी स्थापना भएका छन् । मोटरबाटो जिर्ण अवस्थामा छ । विद्यालयको अवस्थामा सुधार खेतीपातीको लागि सिंचाईको व्यवस्था गर्न सकेको खण्डमा समुदायको आयस्तर वृद्धि हुने देखिन्छ ।

२. विद्यालयको वर्तमान अवस्था
कर्णाली प्रदेशको दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नंं. ४ जगनाथ, तुर्सु घुम्नेमा अवस्थीत श्री भगवती माध्यामिक विद्यालयमा कक्षा १ देखि १० सम्म साधार शिक्षा धारतर्फ पढाई हुने गर्दछ । विभग भन्दा अहिले धेरै कुराको परिवर्तन देखिन्छ । कम्प्युटर तथा लाईवे्ररी, इमेल इन्टरनेट सेवा उपलब्ध छ ।